सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
barnanmedia.com · Sat Jan 25 22:11:57 GMT 2025

काठमाडौँ, १३ माघ : काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।
वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्रकोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)