मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१८ वर्षको उमेरमा व्यवसाय गर्न ऋण नपाएर मलेसिया भासिएका कृष्णले अहिले नेपालमा दिइरहेका छन् सयौँलाई रोजगारी

shilapatra.com · Wed Dec 21 00:46:07 GMT 2022

दुई वर्षको मलेसिया बसाइपछि नेपाल फर्किंदा कृष्णराज तिमल्सिनाले ४/५ लाख जम्मा गरेका थिए । उनको उद्देश्य नै त्यो पैसा व्यवसायमा लगाउने थियो । कृष्ण पसल खोज्न थाले । २०६३ सालमा उनी मलेसिया जानुअघि ७/८ लाख पर्ने पसलको मूल्य १८/२० लाख पुगिसकेको रहेछ । उनीसँग ऋण खोज्नुको विकल्प थिएन ।

‘त्यो बेलामा भने मैले आफन्तबाट ऋण पाएँ । सायद विदेश बसेर आएपछि म्याचुअर्ड सोच्नुभएर होला,’ उनले भने ।आफूसँग भएको पैसामा ऋण गरेको पैसा थपेर उनले असनमा कपडाको रिटेल पसल खोले । २०६५ सालमा सामान्य रिटेल पसलबाट सुरु भएको उनको व्यावसायिक यात्रा अहिले आफ्नै कम्पनी ‘थ्रेड गार्मेन्ट’सम्म पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)