मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

ratopati.com · Sat Jan 25 22:46:00 GMT 2025

चन्द्रपुर । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्न सफल भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले जानकारी दिए । भन्सार विभागले आव २०८१/८२ का लागि ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकामा पुस मसान्तसम्ममा १४ करोड ६७ लाख ५५ हजार सङ्कलन गरेको उउने बताए । यो साउनदेखि पुससम्मको लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)