भद्रपुर नगरपालिकाद्वारा आलु खेती गर्ने किसानलाई अनुदान
deshsanchar.com · Sat Jan 25 23:28:03 GMT 2025

भद्रपुर (झापा)- भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको थियो ।
नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)