मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि घट्दै तापक्रम, तराईका नागरिकलाई शीतलहरबाट बचाउन सिडिओहरूलाई पत्राचार

deshsanchar.com · Sat Jan 25 23:45:27 GMT 2025

काठमाडौँ- तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरूको ध्यानाकर्षण गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केही दिन रहने जानकारीसहितको विशेष बुलेटिन नै जारी गरेको उल्लेख गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शीतलहर र हिमपातसम्बन्धी कार्ययोजना थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै प्रजिअलाई पत्राचार गरिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)