निर्माण भएको चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक
barnanmedia.com · Sat Jan 25 23:39:12 GMT 2025

काठमाडौँ, १३ माघ : निर्माण भएको चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको चलचित्रको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । चलचित्रका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहनुभएका अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । चलचित्रको डार्क थिममा तयार पारिएको टिजरमा सबैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।
महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । चलचित्रले एक नवविवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)