सुडानको सुन खानी भासिँदा १० जनाको मृत्यु, २१ घाइते
ratopati.com · Sun Sep 20 15:04:05 GMT 2026

काठमाडाैँ। उत्तरी सुडानमा एक सुन खानी भासिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। उद्धार टोलीले रातिभरि गरेको उद्धार प्रयासपछि २१ जनालाई घाइते अवस्थामा खानीबाट बाहिर निकाल्न सफल भएको छ।
सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैन्य र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच युद्ध सुरु भएदेखि दुवै पक्षको प्रयास मुख्य रूपमा देशको अर्बौं डलरको सुन व्यापार र विदेशी समर्थकहरूबाट वित्तपोषित क्षेत्रलाई कब्जामा राख्ने रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)