३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गो र एक्सन स्पोर्टस एचडीबाट प्रत्यक्ष प्रसारण हुने
ratopati.com · Fri Dec 26 18:45:59 GMT 2025
काठमाडौँ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ ।
प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी–१ टेलिभिजन च्यानलमार्फत गरिने भएको आयोजकले जनाएको छ । यसले देश तथा विदेशमा रहेका फुटबल प्रेमी दर्शकहरूलाई घरमै बसेर खेलको प्रत्यक्ष आनन्द लिन सहज बनाउने विश्वास आयोजकको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)