म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिबाना
ratopati.com · Sun Sep 20 15:10:02 GMT 2026

कास्की । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मोहित ट्रेडर्सले म्याद गुज्रिएका खाद्यवस्तु रिफाइन गरी पुनः प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रु दुई लाख जरिबाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा सो ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका, किराले खाएर खान अयोग्य अवस्थामा रहेको तथा पसलको सरसफाइसमेत अत्यन्त कमजोर रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। अनुगमनका क्रममा म्याद गुज्रिएका चामल लगायत खाद्यवस्तुलाई पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बजारमा बिक्री गर्ने गरेको समेत पुष्टि भएपछि कानुन बमोजिम कारवाही गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)