भारतको सिनियर टिमलाई हराउने नेपालको लक्ष्य
hamrakura.com · Sun Apr 30 00:00:00 GMT 2023
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल सोमबार बिहान त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ । फाइनलमा नेपाल र यूएई खेल्दैछन् । नेपाल र यूएई चिरपरिचित प्रतिस्पर्धी हुन् । विश्वकप लिग २ मा नेपाल र यूएईबीचको खेल भएको थियो । जसमा नेपालले शानदार प्रदर्शन गरेपछि यूएईलाई विश्वकप छनोटमा सिधै छानिनबाट रोकेको थियो । तर यूएई प्लेअफबाट भने छानिन सफल भएको छ ।
यूएईले लगातार खेलिरहेकाले फर्ममा देखिएको छ । फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवै टिम आपसमा राम्रोसँग कमजोरी र सशक्तपन दुवैबाट परिचित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)