थन्किए संसदीय समिति
annapurnapost.com · Sun Dec 19 06:58:00 GMT 2021
काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठ गत असोज २२ मा मन्त्री बनिन्। समितिका ६ सदस्य पनि मन्त्री बने। सभापतिविहीन भएपछि साढे दुई महिनायता बैठक बस्न सकेको छैन। सार्वजनिक लेखा समितिको बैठक नबसेको पनि धेरै भयो। प्रतिनिधिसभा गत असारमा दोस्रो पटक पुनःस्थापना भएयता एउटा पनि बैठक नबसेको हो। ०७७ चैतयता समितिको जम्मा एउटा मात्र बैठक बसेको छ।
देश र जनताका जल्दाबल्दा समस्या, विधि र कानुन निर्माणबारे छलफल गर्नुपर्ने संसदीय समिति नै निस्क्रिय बनेका छन्। प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा चार र दुई संयुक्त गरी १६ वटा समिति छन्। कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल कोरम पुग्न कठिनाइ भएका कारण बैठक बस्न नसकेको स्वीकार गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)