जलवायु न्याय र क्षतिपूर्तिको लागि तथ्यसहित दबाब बढाउन आवश्यक : नेपाल
baahrakhari.com · Sun Sep 20 15:24:10 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु न्यायका लागि नेपालले तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तन न्यूनीकरणमा नेपालले गरेको योगदानको प्रचारप्रसार गर्नुका साथै भोगिरहेको क्षतिको उचित क्षतिपूर्तिको लागि कूटनीतिक पहल बढाउनुपर्ने बताए । जलवायु परिवर्तनको असर र त्यसबाट उत्पन्न जोखिमको विषयमा वैज्ञानिक तथ्यका आधारमा विश्व समूदायलाई जानकारी गराउँदै जलवायु न्याय सुनिश्चित गर्नुपर्ने सहसंयोजक नेपालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)