मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीमा ४३७ नेतालाई जिम्मेवारी : खनालको पद सम्मानित नेता, कार्यविभाजनप्रति असन्तुष्टि

nayapatrikadaily.com · Mon Oct 18 00:39:00 GMT 2021

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित चार सय ३७ केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । पदाधिकारीदेखि नै ‘जम्बो कमिटी’को अभ्यासमा अगाडि बढेको एकीकृत समाजवादीले कार्यविभाजनसम्म पुग्दा ३४ जना केन्द्रीय सदस्य पनि थपेको छ ।

२१ असोजमा बसेको स्थायी समिति बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी र सात सय एकजनाको केन्द्रीय परिषद् बनाउने निर्णय सार्वजनिक गरेको थियो । त्यही बैठकले १८ जनाको पदाधिकारी संख्या बढाएर २२ पु¥याएको थियो । शनिबार ३४ जना नेता थपेर कार्यविभाजन गरिएको सर्कुलर सार्वजनिक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)