मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चितवन र मकवानपुर ट्राफिक कार्यालयलाई उपकरण हस्तान्तरण

abhiyandaily.com

चितवन (अस) । दुर्घटना न्यूनीकरणका लागि चितवन र मकवानपुर ट्राफिक प्रहरी कार्यालयलाई १० लाख बराबरको उपकरण हस्तान्तरण गरिएको छ । भरतपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्रालय, बागमती प्रदेश, यातायात व्यवस्था सेवा कार्यालयद्वारा उक्त उपकरण हस्तान्तरण गरिएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय, बागमती प्रदेशले ४ थान ब्रेथलाइजर, म्याजिक लाइट २० थान, ह्विल लक–२० थान, फ्लोरोसेन्ट ज्याकेट ७७ थानलगायत उपकरण बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई हस्तान्तरण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)