लागुऔषधसहित देशको विभिन्न स्थानबाट २६ जना पक्राउ
makalukhabar.com · Sun Sep 20 16:02:26 GMT 2026

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आज खटिएको प्रहरी टोलीले काठमाडौँ, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र बारबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको हो ।
काठमाडौँको काठमाडौँ महानगरपालिका–३१ प्रयोगमार्गबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१० मिलिग्राम र नगद पाँच हजार रुपैयाँ सहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका–८ घर भएका ३८ वर्षीय विनोदकुमार विक र दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम २१० ट्याब्लेट र स्पास्मो १६८ ट्याब्लेटसहित सर्लाही कौडेना नगरपालिका–७ सक्राउन घर भएका १८ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)