च्यासलको नतिजा, सातदोबाटोलाई फाइदा
ekantipur.com · Sat Mar 18 01:15:40 GMT 2023
काठमाडौँ — अन्तिम ५७ मिनेट (इन्ज्युरी समयसहित) दस खेलाडीमा समेटिएको मछिन्द्र क्लबसँग च्यासल रंगशालामा शुक्रबार गोलरहित बराबरीमा रोकिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिने अवसर गुमायो । त्यसको फाइदा सातदोबाटो युवा क्लबलाई भएको छ ।
पाँचौं चरणमा च्यासलमै बिहीबार खुमलटारमाथि २–१ को जित निकालेको सातदोबाटो १२ अंकसहित शीर्षस्थानमा यथावत् रह्यो । अपराजित रहेर पनि लगातार दोस्रो खेलमा गोल गर्न असफल भएपछि चर्च ब्वाइजले शीर्षस्थानमा फर्किने अवसर गुमाएको हो । यो टिम ३ जित र २ बराबरीसँगै ११ अंक बनाएर दोस्रोमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)