आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक र थ्रि स्टार भिड्ने
ratopati.com · Fri Jan 19 17:18:00 GMT 2024
पोखरा । पोखरामा माघ ९ देखि सुरु हुने २३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ । क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो ।
दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)