बाँकेमा लागूऔषध खैरो हेरोइनसहित श्रीमान–श्रीमती पक्राउ
annapurnapost.com · Sun Sep 20 16:09:41 GMT 2026

काठमाडौं : बाँकेमा १०७ ग्राम ५५० मिलिग्राम खैरोहेरोइनसहित श्रीमान–श्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी श्रीमती २५ वर्षीया पुजा लोनिया रहेका छन्।
खैरो हेरोइने बिक्रि गरिरहेको अवस्थामा उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीलले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट खैरो हेरोइनसहित २ थान मोबाइल र १ थान मोटरसाइकलसमेत बरामद गरिएको छ। आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)