पोखरामा दिनमै पिइन्छ २५ लाखको कफी !
ratopati.com · Fri Nov 17 22:08:00 GMT 2023
पोखरा । आर्थिक वर्ष २०७८/०७९ मा कास्की जिल्लामा २१ मेट्रिक टन कफी उत्पादन भएको थियो । जवकि गत आर्थिक वर्ष २०७९/०८० मा घटेर १९.३ मेट्रिक टन मा सीमित भयो। स्याङजाको उत्पादन पनि २० मेट्रिक टनबाट घटेर १८ मेट्रिक टन मात्रै भएको राष्ट्रिय चिया तथा कफी निर्देशनालय पोखराले जनाएको छ ।
तनहुँमा समेत केही घट्दा तुलनात्मक रुपमा बागलुङ र गोरखाको उत्पादन बढेको निर्देशनालयको भनाइ छ । ‘कफीले प्याटर्न फेरेको छ । एकवर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्याटर्न देखिएको छ । पहिले यस्तो थिएन,’ राष्ट्रिय चिया तथा कफी निर्देशनालय पोखराका नगेन्द्र सुवेदीले भने, ‘कफी उत्पादन घट्नुमा रोगकिरा र खेती विस्तार नहुनु पनि हो । गाउँमा किसान छैनन् । नयाँ फर्महरु पनि थपिएको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)