गोर्खा बक्सिङ च्याम्पियनसिप सम्पन्न
baahrakhari.com · Sun Sep 20 16:42:11 GMT 2026
काठमाडौं । गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण सम्पन्न भएको छ । गोर्खा प्रोमोसन्सको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपाल र भारतका बक्सरहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार सम्पन्न खेलहरूमा रामेछापका विवेक मगरले चितवनका आयुष अधिकारीलाई सर्वसम्मत निर्णयबाट पराजित गरे । हेटौँडाका सोहन राईले पनि गुल्मीका रविन केसीमाथि सर्वसम्मत निर्णयबाट जित आफ्नो पक्षमा पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)