भारतमा ‘कक्रोच जनता पार्टी’ को संसद् मार्च आज, सोनम वाङचुकको समर्थनमा प्रदर्शन जारी
nepalviews.com · Mon Jul 20 03:35:22 GMT 2026

नयाँ दिल्ली । भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै सुरु भएको आन्दोलन थप चर्किएको छ। ‘कक्रोच जनता पार्टीं' को आह्वानमा हजारौँ विद्यार्थी, अभिभावक र अभियन्ताहरू आज भारतीय संसद्तर्फ मार्च गर्न तयार भएका छन्। परीक्षामा हुने प्रश्नपत्र चुहावट (पेपर लिक) र अनियमितताविरुद्ध लड्न मे महिनामा स्थापना भएको यो पार्टीले आन्दोलनलाई थप तीव्रता दिएको छ।
आन्दोलनको नेतृत्व गरिरहेका अभियन्ता सोनम वाङचुक २१ दिनदेखि आमरण अनशनमा थिए। गत शनिबार बिहान प्रहरीले उनलाई जबर्जस्ती उठाएर अस्पताल भर्ना गरेपछि प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन्। सफदरजंग अस्पतालमा उपचाररत वाङचुकले अस्पतालमै पनि अनशन जारी राखेका छन्। उनकी पत्नी गीताञ्जली आङमोका अनुसार, राजनीतिक नेतृत्वले अस्पतालमै आएर शिक्षा क्षेत्रको जवाफदेहिताका विषयलाई संसद्को मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए मात्र वाङचुकले अनशन तोड्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)