मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चन्द्र ढकालका लागि नागरिकमाथि गोली दागिरहेको राज्य, मासिँदैछ पाथीभरा

barnanmedia.com · Sun Jan 26 22:45:37 GMT 2025

ताप्लेजुङको फुङलिङ नगरपालिका – ११ पाथीभरा क्षेत्र असान्त छ। कारण, केवलकार हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीले केबलकार बनाउने भएपछि यहाँ एक वर्षदेखि आन्दोलन भइरहेको छ। स्थानीयको विरोधकै बीच शिलान्यास गरियो, शनिबारबाट निर्माण कार्य अगाडि बढाइएपछि स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिए, फलस्वरुद्ध प्रहरीले गोली चलायो। तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको गोली लागी घाइते भएका सगुन लावती, यमबहादुर लिम्बू र धर्मन पालुङ्वाको अवस्था गम्भीर रहेको, गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाएको, प्रदर्शनकारीतर्फका अन्य दुईजना घाइतेको ताप्लेजुङ अस्पतालमा उपचार भई डिस्चार्ज गरिएको र अन्यको अवस्था सामान्य रहेको अनुगमनका क्रममा पाइएको मानव अधिकार आयोगले जनाएको छ। प्रहरीतर्फका ७ जनाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)