मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पैदल हिँड्दा गाडीलाई दोष, गाडीमा गुड्दा जेसुकै होस्

Ujyaaloonline.com · Sun Jan 26 22:55:13 GMT 2025

अस्तिताकासम्म उ पैदल नै लखरलखर हिँड्थ्यो । फूटपाथ खाली हुँदा पनि सडकको बीचबाटै पाइला सार्थ्याे । हात र जुल्फी हल्लाउँदै सडकमा लम्किँदा आफूलाई मै हुँ भन्थ्यो । पछाडिबाट गाडी र मोटरसाइकलले हर्न दिँदा आँखा तर्थ्याे । साथीभाइसँगको भेटघाटमा भन्थ्यो– सडकमा अनुशासनहीन भनेका गाडीवाला र मोटरसाइकलवाला हुन् । साइकल चढ्नेले घण्टी बजाएको पनि उसलाई मन पर्दैनथ्यो । साइकलपछि मोटरसाइकल अनि त्यसपछि साना गाडी र ठूला गाडी हेपाहा खालका हुन् भनेर सराप्थ्यो । पान खाएर सडकमा जथाभाबी थुक्दै सडक राम्रो भएन भनेर सरकारलाई गाली गर्थ्याे । आफू फूटपाथमा हिँड्दैनथ्यो, जेब्राक्रस र आकाशेपुलको वास्तै नगरी बाटो काट्थ्यो अनि गाडीवालाले ट्राफिक नियम पालना गरेनन् भनेर गफ दिन्थ्यो ।

त्यसपछि उ साइकलमा गुड्न थाल्यो । टिर्र घण्टी बजाउँदै साइकलको पाइडल चलाउँदा सडकमा साइकलवालाबाहेक अरू सबैलाई दोषी देखिँदो रैछ । उसलाई लाग्यो, सडकमा सबैभन्दा अनुशासनहीन भनेका पैदलयात्री हुन् । सडकको बीचबाटै लखरलखर हिँड्छन् । पछाडिबाट साइकलले घण्टी लगाउँदा पनि वास्ता गर्दैनन्, साइकलमै ठोक्किन खोज्छन् । फूटपाथ, आकाशेपुल र जेब्राक्रसको प्रयोग नै गर्दैनन् । पैदलयात्रीपछि मोटरसाइकल र गाडीवाल अटेरी र हेपाहा प्रवृत्तिका ! साइकलवालालाई त मान्छे नै गन्दैनन् । साइकल लेन पनि आफैँले ढाक्छन् । सडकको सबै भाग उनीहरूकै पेवाजस्तो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)