बाढीबारे छलफल गर्न पोखरा पुगे अमेरिकी कूटनीतिज्ञ
janaaastha.com

नेपालका लागि अमेरिकी दूतावासका उपनियोग प्रमुख (डीसीएम) स्कट अर्बमले पोखरामा नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) दीपेन्द्र जीसीसँग भेट गरेर बाढीमा प्रतिकार्यबारे छलफल गरेका छन् । शुक्रबार भएको छलफलमा भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीपछि जारी खोज,उद्धार तथा पुनःप्राप्ति कार्यबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)