मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क

barnanmedia.com · Thu Jan 22 21:25:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले बिहीबार वक्तव्य जारी गर्दै ग्रिनल्यान्ड डेनमार्क राज्यको अभिन्न हिस्सा भएकाले यस विषयमा सम्झौता सम्भव नभएको दोहोर्‍याउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले आफू नाटो महासचिव मार्क रुटसँग आर्कटिक सुरक्षाका लागि ‘भविष्यको सम्झौताको ढाँचा’ मा सहमत भएको बताउनुभएको सन्दर्भमा प्रधानमन्त्री फ्रेडरिक्सनले ‘त्यस्तो कुनै सहमति भएको छैन भन्ने जानकारी आफूलाई दिइएको’ स्पष्ट पार्नुभयो । उहाँले डेनमार्क र ग्रिनल्यान्डसँग सम्बन्धित विषयमा निर्णय लिने अधिकार केवल डेनमार्क र ग्रिनल्यान्डकै रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)