रेडस्टारलाई फिदिम नगर कपको उपाधि
dcnepal.com · Sat Dec 18 15:59:10 GMT 2021
काठमाडौैं। झापाको रेडस्टार फुटबल क्लब विर्तामोडले फिदिम नगर कप फुटबल प्रतियोगिता–२०७८ को उपाधि जितेको छ । ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै रेडस्टारमा उपाधि जितेको हो ।
पाँचथरको फिदिम नगरपालिका–७ रानीटारस्थित बराजु खेलमैदानमा सञ्चालन भएको उक्त प्रतियोगिता अन्तर्गत आज आयोजित फाइनल खेलमा रेडस्टारका लागि मिलन राई, रोहन कार्की र सरोज कार्कीले गोल गरेका थिए । मिलन राईले १८औं मिनेटमा गोल गर्दै रेडस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि रोहनले २५औं तथा सरोजले ३०औं मिनेटमा गोल गरेका थिए । रेडस्टारले पहिलो हाफमै ३–० को अग्रता कायम गरेपछि दबावमा परेको ताप्लेजुङ दोश्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सक्षम भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)