विपत्मा ज्यान गुमाएका परिवारलाई राहत
ekantipur.com · Thu Aug 22 16:58:46 UTC 2024

खोटाङ — जिल्लामा विभिन्न समयमा विपत्बाट मृत्यु भएका चार जनाका परिवारलाई राहत रकम वितरण गरिएको छ । राहत रकम मृत्यु भएका परिवारलाई एक लाख रूपैयाँका दरले बिहीबार वितरण गरिएको हो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतले राहत वितरण गरेका हुन् । विपत्मा ज्यान गुमाएका रावाबेंसी गाउँपालिका–१ कुभिण्डेका सिद्धिबहादुर श्रेष्ठ, साकेला गाउँपालिका–२ रतन्छाका मधुराज राई, उक्त गाउँपालिका–३ लामीडाँडाकी सावित्रादेवी नेवार र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका पदमकुमारी घिमिरेका परिवारलाई जिल्ला प्रशासन कार्यालयमा राहत वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)