मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजय गच्छदार ३० वर्षपछि पराजित

annapurnapost.com · Wed Nov 30 00:54:00 GMT 2022

धरान : सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीको उदय भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस नेता विजय गच्छदारको विरासत भत्काउदै चौधरीले संसद् भवन प्रवेश पाएकी छन्।

तेस्रोपटकको अथक प्रयासमा भगवतीले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। भगवतीले ४० हजार ७ सय ८८ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्वी गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरे। २०४८ को निर्वाचनपछि लगातार ६ पटक निर्वाचन जितेका गच्छदारको सातौंपटक निर्वाचन जित्ने सपना अधुरो बन्यो। गच्छदारले २०७० को दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीलाई थोरै मत अन्तरले पराजित गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)