सोनम वाङचुकले सार्वजनिक गरे अनशन तोड्ने तीन सर्त
nepalviews.com · Mon Jul 20 04:08:49 GMT 2026

एजेन्सी । सामाजिक अभियन्ता सोनम वाङचुकले आफूमाथिको कारबाही र आन्दोलनलाई निरन्तरता दिँदै अनशन तोड्ने तीन सर्तहरू अघि सारेका छन्। नीट (NEET) परीक्षामा भएको अनियमितता र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै २३ दिनदेखि अनशनरत वाङचुकलाई गत जुलाई १८ मा प्रहरीले जबर्जस्ती उठाएर सफदरजङ अस्पताल भर्ना गरेको थियो।
अस्पतालमै रहेर पनि भोक हडताल जारी राखेका वाङचुकले जुलाई १९ मा हातले लेखेको पत्रमार्फत आफ्नो अडान स्पष्ट पारेका छन्। उनले अनशन अन्त्य गर्नका लागि सरकारले प्रश्नपत्र लिक लगायतका शिक्षा प्रणालीका पछिल्ला असफलताहरूको नैतिक जिम्मेवारी स्वीकार गर्नुपर्ने पहिलो सर्त राखेका छन्। त्यसैगरी, दोस्रो सर्तका रूपमा उनले सांसदहरू र 'कक्रोच जनता पार्टी' (CJP) का नेताहरूले शिक्षा प्रणाली सुधारको मुद्दालाई संसद्मा उठाउने ठोस आश्वासन दिनुपर्ने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)