युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट पछि हट्न आदेश
baahrakhari.com · Fri Jun 24 17:49:00 GMT 2022
किभ । युक्रेनका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीका अनुसार युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट फर्कन आदेश दिइएको छ । सो क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने उद्देश्यले यस पूर्वी ुहरमा हप्तौँदेखि रुसी फौजले लगातार बमबारी गर्दै आएको छ ।
युक्रेनले लिसिचान्स्क सहर बाहेक लुहान्स्क पूर्ण रूपमा रुसको नियन्त्रणमा छोडेर पछि हट्न लागेको हो । रुसी भाषीहरूको बाहुल्य रहेको पूर्वी युक्रेनी क्षेत्रको लुहान्स्क रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि प्रमुख प्राथमिकताको विषय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)