सुत्केरी मृत्यु प्रकरणः छानबिन समितिलाई एक साताको म्याद
gorkhapatraonline.com · Sat Jun 06 16:56:40 GMT 2026

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा सुत्केरी अन्जिना यादवको मृत्यु भएको घटनाबारे गठन गरिएको उच्चस्तरीय छानबिन समितिलाई प्रतिवेदन बुझाउन थप एक साताको म्याद दिइएको छ ।
सात दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको समितिले निर्धारित समयभित्र प्रतिवेदन तयार गर्न नसकेपछि म्याद थप गरिएको हो । घटनासम्बन्धी थप तथ्य संकलन, कागजात अध्ययन तथा सरोकारवालासँगको छलफल पूरा गर्न समय आवश्यक परेकाले म्याद थप गरिएको समितिले जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)