विश्वकप विजेता स्पेनी प्रशिक्षक भन्छन्- विश्वकप विजयी यात्रामा गर्व
kendrabindu.com · Mon Jul 20 04:22:24 GMT 2026
काठमाडौं । विश्वकप विजेता स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले उपाधिको यात्रा गर्वले भरिएको प्रतिक्रिया दिएका छन् । फाइनलमा अर्जेन्टिनालाई हराएपछि ६५ वर्षीय फुएन्तेले भने, ‘इमान्दारितापूर्वक भन्ने हो भने यति बेला म गर्व महसुस गरिरहेको छु ।’
उनी विश्वकपको उपाधि जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि भएका छन् । उनले भने, ‘यो टिमलाई उपाधिसम्म दोहोर्याउन पाएकोमा मैले आफूलाई भाग्यमानी मानेको छु ।’ यस्तै अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गरेका फेरान टोरेसले पनि आफू असाध्यै खुसी रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)