पराजयपछि मेसीले भने – म राम्रो महसुस गर्न चाहन्छु
kendrabindu.com · Mon Jul 20 04:25:18 GMT 2026
काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले विश्वकप २०२६ को फाइनलमा पराजित भए पनि आफूले राम्रो महसुस गरिरहेको बताएका छन् । उनले खेलपछि प्रतिक्रिया दिँदै भने, ‘मैदानमा मेरो अनुभव मिश्रित रह्यो, राम्रो पनि । नराम्रो पनि । म राम्रो महसुस गर्न चाहन्छु ।’
सन् २०२२ मा उनकै नेतृत्वमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो । तर त्यस्तै सफलता यसपटक भने दोहोर्याउन सकेन । यसबीच उनले सन् २०२१ र २०२४ को कोपा अमेरिका उपाधि पनि जिते । फाइनल मेसीको अन्तिम विश्वकप खेल हुन सक्ने मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)