नयाँ अमेरिकी राजदूत नेपाल आइपुगे
karobardaily.com · Thu Oct 13 17:51:45 GMT 2022
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेनसमेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउनुहुनेछ,’ अमेरिकी दूतावासले जनाएको छ, ‘त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)