गठबन्धन अल्झनमै
annapurnapost.com · Tue Apr 19 00:45:00 GMT 2022
काठमाडौं : गठबन्धन दलहरूबीच स्थानीय चुनावमा तालमेल गरेर जाने भनिए पनि कुन स्थानीय तह कसले लिने भन्ने बिषय टुंगिन सकेको छैन। स्थानीय तहमा सानादेखि ठूला सबै दलको दाबीमा अडान बढेपछि सोमबारको गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो।
महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको भागबण्डा मिलाउन सोमबार बिहानदेखि बसेको सत्तारुढ दलहरूको बैठक बिनानिष्कर्ष टुंगिएको हो। एकीकृत समाजवादीले ६ महानगरमध्ये १ आफूलाई दिनुपर्ने अडान नछोडेको गठबन्धन दलकै एक नेताले बताए। एकीकृतले तोकेरै पोखरा महानगरपालिकामा विशेष अडान राखेको छ। अर्कोतिर चितवनमा पनि सहमति जुट्न सकेको छैन। चितवनको भरतपुर महानगरमा माओवादीले मेयरमा अडान राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)