श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड
ekantipur.com · Thu Mar 09 17:52:28 GMT 2023
काठमाडौँ — भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणको यो निर्णयले श्रीले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न पाउने छैन । योसँग चारवटा सीआरजे र चारवटा ड्यास क्यू–४०० गरी ८ वटा जहाज छन् । यसले काठमाडौंसहित देशभरका नौंवटा सुगम विमानस्थलबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)