वीरगन्जको मुख्य सडक दसैँअघि व्यवस्थित गरिने
gorkhapatraonline.com · Sun Sep 20 18:11:22 GMT 2026

वीरगञ्जको मुख्य सडकलाई दसैँअघि नै पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने भएको छ । वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा लत्रिएका तार व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ ।
सडक विस्तारका क्रममा तार अव्यवस्थित भएपछि पैदलयात्री तथा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै जोखिम बढेपछि व्यवस्थापनको काम सुरु गरिएको वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामग्री हटाएर सफा गर्ने काम तीव्रगतिमा भइरहेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इन्जिनियर दुर्गा प्रसादले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)