जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै
ratopati.com · Sun Sep 20 18:21:28 GMT 2026

जुम्ला । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ । जिल्लाका ८४ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको छ । जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई उक्त खोप दिइनेछ । जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)