एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा टाटा ग्रुपलाई हस्तान्तरण
nepalpress.com · Thu Jan 27 16:40:05 GMT 2022
नयाँदिल्ली । ऋणमा डुबेको एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा बिहीबार टाटा ग्रुपलाई सुम्पिइएको छ । टाटाले अक्टोबर १९३२ मा टाटा एयरलाइन्सको रूपमा एयर इन्डियाको स्थापना गरेको थियो। सरकारले सन् १९५३ मा एयरलाइनलाई राष्ट्रियकरण गरेको थियो।
एयरलाइन्स हस्तान्तरणको औपचारिकता बिहीवार बल्ल पूरा भएको छ । अब एयर इन्डियाको सेयरहरू टालेस प्रालिलाई हस्तान्तरण गरिएको छ, जसले अबदेखि एयर इन्डियाको स्वामित्व पनि सम्हाल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)