फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
ratopati.com · Sun Jun 28 02:51:56 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गतको खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ । डलास स्टेडियममा जारी खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध २–० को सहज अग्रता बनाएको हो ।
खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा भीएआरमार्फत पेनाल्टी पाएपछि लाउटारो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)