लेभान्टेलाई ३–१ ले हराउँदै भिल्लारियल आठौँ स्थानमा उक्लियो
ratopati.com · Sun Sep 20 18:48:51 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न खेलमा भिल्लारियलले लेभान्टेमाथि ३–१ गोलअन्तरको सानदार जित हात पारेको छ । यस महत्त्वपूर्ण जितसँगै भिल्लारियल लिग तालिकाको आठौँ स्थानमा उक्लिएको छ भने पराजित लेभान्टे १७ औँ स्थानमा खस्किएको छ ।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । खेलको ४१औँ मिनेटमा अयोजी पेरेजले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, भिल्लारियलको त्यो अग्रता लामो समय टिक्न सकेन । लगत्तै ४२औँ मिनेटमा लेभान्टेका इभान रोमेरोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)