निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
ratopati.com · Thu Jan 22 22:57:49 GMT 2026

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्र दरखास्त परेको हो ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ ३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)