आवासीय चिकित्सकलाई न्यूनतम २५ हजार निर्वाह भत्ता दिने निर्णय
ekantipur.com · Mon Jan 27 17:33:12 GMT 2025
काठमाडौँ — निजी मेडिकल कलेजले सःशुल्क स्नातकोत्तर अध्ययन गर्ने आवासीय (रेसिडेन्ट) चिकित्सकलाई मासिक न्यूनतम २५ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३५ हजार भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेका हुन् । निजी मेडिकल कलेजमा निर्वाह भत्ता विवाद मिलाउन आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीद्वयलाई जिम्मेवारी दिएका थिए । सरोकारवालासँगको राय, परामर्शपछि उक्त निर्णयमा पुगेको उनीहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)