मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

Ujyaaloonline.com · Fri Jan 27 00:53:44 GMT 2023

काठमाण्डाै - पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । यो अवार्डका लागि बाबर आजमसँगै इङ्ल्यान्डका बेन स्टोक्स, जिम्बाब्वेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी सम्भावित थिए ।

गएको वर्ष पनि पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यो अवार्ड जितेका थिए । बाबरले सन् २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा २ हजार ५ सय ९८ रन बनाएका थिए । ८ शतक र १५ अर्धशतक थियो । टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटमा गरी २ हजारमाथि रन बनाउने बाबर यसवर्ष प्रमुख खेलाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)