मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

barnanmedia.com · Thu Jan 22 23:23:52 GMT 2026

कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ । वर्षौँदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो ।

कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ । संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ । स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अबरोध सृजना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)