अक्सिजन आपूर्तिमा सहयोग गर्न एनआरएनए अस्ट्रेलियाद्वारा राहत संकलन अभियान सुरु
deshsanchar.com · Sat May 08 17:24:55 GMT 2021
सिड्नी– नेपालमा देखिएको कोरोना कहरको दोस्रो लहरलाई मध्यनजर गर्दै गैरआवासीय संघ अस्ट्रेलियाले आर्थिक राहत सङ्कलन अभियान सुरु गरेको छ। नेपालका सरकारी अस्पतालमा देखिएको अक्सिजनको कमीलाई केही मात्रामा सघाउ पुर्याउने उद्देश्यले सो सहयोग संकलन अभियान सुरु गरिएको हो।
हफ्ता दिनभित्र करिब एक करोड रुपैयाँ सङ्कलन गर्ने उद्देश्यका साथ अस्ट्रेलियामा रहेका विभिन्न सामुदायिक संघसंस्थाहरूको सहकार्यमा राहत सङ्कलन अभियान थालनी गरिएको गैरआवासीय संघ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)