मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सादगी पौडेलको शीतलनिवास यात्रा

ekantipur.com · Fri Mar 10 01:03:23 GMT 2023

काठमाडौँ — राजनीतिमा पनि प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा कांग्रेस नेता रामचन्द्र पौडेलमा लागू भएको छ । सत्रौं पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरे पनि सफलता हासिल गर्न नसकेका पौडेल यस पटक भने त्यसबेलाका प्रतिस्पर्धी पुष्पकमल दाहालकै मुख्य समर्थनमा राष्ट्रपति चयन भएका छन् ।

६ दशक सक्रिय राजनीतिक जीवन बिताएका ७९ वर्षीय पौडेल संसद्मा प्रतिनिधित्व गर्ने १० दल र स्वतन्त्र मतदाताको समर्थनबाट राष्ट्रपति चुनिएका हुन् । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ मतभार आवश्यक पर्थ्यो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो । संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदको कुल मतभार ४९ हजार ५ सय ९१ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)