प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो भने संकटकाल लाग्छ : डा. केसी (भिडिओसहित)
reportersnepal.com · Fri Mar 26 16:54:39 GMT 2021
काठमाडौं, १३ चैत्र । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले आफूले नेकपाको एकतालाई कृत्रिम एकताको संज्ञा दिएको र यो टिक्दैन् भनेर भविष्यवाणी गरेको कुरा अहिले पुष्टि भएको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए मुलुकमा संकटकाल लाग्ने टिप्पणी गरेका छन् । डा. केसीले नेकपा (एमाले) फुटिहाल्ने नै नदेखिएको पनि टिप्पणी गरेका छन् । उनले वरिष्ठ नेता माधव कुमार नेपालसहित उनी पक्षधर नेताहरु प्रधानमन्त्री ओलीसामू लाचार भएको पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)