विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी, अर्जेन्टिना फुटबल संघले भन्यो,‘तपाईंका आँसु हाम्रा पनि हुन’
arthadabali.com · Mon Jul 20 07:14:10 GMT 2026
काठमाडौँ / फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ ।
अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसको निर्णायक गोलसँगै लगातार उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गर्यो । यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)