अर्जेन्टिनी खेलाडीद्वारा विपक्षीको घाँटी थिचेर आक्रमण, भिडन्त रोक्न स्कालोनी आफैँ मैदानमा !
barnanmedia.com · Mon Jul 20 07:25:00 GMT 2026
न्युजर्सी (अमेरिका) | फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिना र स्पेनका खेलाडीबीच मैदानमै तनावपूर्ण अवस्था सिर्जना भएको छ। खेल सकिएलगत्तै भएको भनाभन केही क्षणमै धकेलाधकेलमा परिणत भएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्वकप उपाधि जितेको थियो। अन्तिम सिटी बज्नेबित्तिकै स्पेनका खेलाडीहरू मैदानभरि दौडिँदै ऐतिहासिक जितको उत्सव मनाइरहेका थिए। सोही क्रममा अर्जेन्टिनाका केही खेलाडी र स्पेनका खेलाडीबीच तनाव उत्पन्न भएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)